जबदेखि गाल्वान भ्याली (Galwan Valley) झडप भयो, तब देखि चीनको बहिष्कार गर्ने आवाज भारतमा देशभर सुनिन थाल्यो ।
कतिपय व्यक्तिहरूले चिनियाँ सफ्टवेयरको स्थापना हटाउन लागिपरेका छन् त कतिले प्रयोग गर्न नहुने चिनियाँ उत्पादनहरूको सूचि आदान प्रदान गर्न व्यस्त छन्।

सूरतमा एउटा परिवारले आफ्नो टिभीलाई बाल्कनीबाट बाहिर निकालेर मिल्काईदिएकाछन् ।
र सिलिगुडीको लोकप्रिय हङ्कङ् बजारमा (Hongkong Market) पसल मालिकहरूको समूहले उक्त नाम परिवर्तन गर्ने र सम्पूर्ण बजारमा चिनियाँ उत्पादनहरू नबेच्ने निर्णय गरे।
यी चीन विरोधी भावनाका केहि अग्रणी उदाहरणहरू हुन्, जसले देशलाई व्यापक रूपमा लिइराखेका छन् ।