सामाजिक सञ्जाल युट्युवमा हरेक मिनेट ३ सय घण्टाभन्दा बढी भिडियोहरु अपलोड हुन्छन् । युट्युव विशेष गरेर युवाहरुमाझ अति नै चर्चित रहेको छ तर युट्युवको शुरुवात भने केवल १० वर्ष अघि मात्र भएको थियो ।
आज सम्म आउदा यस युट्युव भित्र करोडौं भिडियोहरु सञ्चित गरीएका छन् । यी करोडौं भिडियो मध्ये युट्युवमा पहिलो पटक अपलोड भएको भिडियो कुन होला ?
हात्ती सँग देखिने यी व्यक्ति नै युट्युबको सह निर्माता जावेद करिम हुन् । यो भिडियो रेकर्ड गर्ने उनकै स्कुलका साथि याकोभ लापिट्स्काइ (Yakov Lapitsky) हुन् ।
२४० पी को उक्त भिडियो अउपलोड गर्ने युवक थिए युट्युवका सह निर्माता जावेद करिम । युट्युबलाई गुगलले अक्टोबर २००६ मा १.६५ बिलियन डलरमा किनेको थियो। ।
युट्युबमा अपलोड भएको पहिलो भिडियोको केहि जानकारीहरु यस प्रकारको छ:
वेबसाइट: | YouTube |
अपलोड गरेको मिति: | अप्रिल २३, २००५ |
प्रकाशित गरेको मिति: | अप्रिल २३, २००५ |
भिडियो खिच्ने व्यक्ति: | याकोभ लापिट्स्काइ (Yakov Lapitsky) |
अपलोड गर्ने व्यक्ति: | जाबेद करीम (Jawed Karim) |
भिडियो समय: | ०:१९ मिनेट |
विधा: | फिल्म र एनिमेसन (Film & Animations) |
सन् २००५ ताका इन्टरनेट त्यति विकसित भएको थिएन । सायद आज भएको भए युट्युवले आफ्नो शुरुवात गर्दा निकै धमाकेदार शुरुवात गर्ने थियो होला ।