के नेपाल गरिब छ ?

के नेपाल गरिब छ ? के नेपाल सच्चि नै गरिब हो त ? यस प्रश्नको उत्तरको लागि एउटा प्रसङ्ग हेरौँ न त ! र त्यो प्रसङ्ग हो “नेपाल गरिब कि नेपाली ?”

 

सच्चि नै भन्नु पर्दा यो एउटा गतिलो प्रश्न नै हो जसलाई कसैले पनि नकार्न सक्दिन किन भने यसमा प्रशस्त उत्तरहरु रोमालिएका छन्। नेपाल र नेपालीमा पनि के नै अन्तर हुन सक्ला र ! सायद कसैलाई यसो पनि लाग्न सक्छ।

 

 

तर नेपाल र नेपाली नितान्त बेग्ला बेग्लै अर्थ दिने शब्द हुन्। प्रसङ्ग हो आखिर गरिब को त ? नेपाल या नेपाली, या यी दुवै नै होइनन्। यि सब थाहा पाउनको लागि त सबै पढ्नै पर्यो नै कि कसो ! 

 

हुन पनि हो नेपालमा बस्ने सबै नेपाली हुन् र नेपाल धनि भए नेपाली पनि धनि र नेपाल गरिब भए नेपाली पनि गरिब हुन्छन्। तर यसो भन्दैमा सत्य माथि कालो पट्टी बाँध्न पनि त मिलेन नि। त्यसैले यसलाई नै पूर्ण रुपमा आधार मान्नु वैज्ञानिक गणना रहन सक्दैन। यसको लागि हामी हाम्रो छिमेकी राष्ट्र भारतलाई नियालौ।

 

अब आफै भन्नुस् न भारत धनि कि भारतीय ? यसो भनेर कसैलाई अल्मल्याउन या भ्रम सृजना गर्न थालिएको पनि त होइन नि। यो त प्रायजसो(सबै) लाई थाहा भएकै कुरा न हो।

 

तर मेरो बिचारमा नेपाललाई गरिब भन्नै सुहाउदीन भने नेपालीहरुलाई भन्न त चिताउनै नहुने हो। तै पनि हामीहरु विश्व भर नै गरिबको उपाधिले चिनिरहेका छौँ। यसलाई उजागर गर्नका लागि म हाम्रो छिमेकी राष्ट्र भारतलाई नेपाल सँग दाँज्न चहान्छु।

 

जसरी नेपालको हरेक आन्तरिक होस् या बाहिरी मामिला त्यसमा भारतको हात या भूमिका नेपालको भन्दा धेरै हुने गर्दछ, ठिक त्यसरी नै यँहा पनि भारतले नै नेपाली धनि कि गरिब भनेर निर्णय गरिदिने छ।

 

अब छिरौ यस प्रसङ्गको गुदी भित्र………….। नेपालको सरकार मात्र गरिब हो तर भारतको सरकार धनि। नेपालका जनताहरु धनि छन् तर भारतका गरिब भन्दा पनि गरिब छन्। हामी भन्दा पिछडिएका, अन्धविश्वाशी र भोक मारीमा पर्ने भारतमा धेरै छन्। हामी नेपालीहरु मिहिनेत गर्छौ तर सकभर माग्दैनौ पनि तर ………………………..।

 

तपाईंहरुले काठमाण्डौको सडक पेटीमा माग्नेको ताँती देख्नु भएकै होला। त्यँहा अधिकांश भारतीयहरु नै हुने गर्दछन्। नेपालीहरु कमै भेटिन्छन्, सायद नेपाली भेटिनुमा भारतको सिको या प्रभाब नै हुन सक्छ। यो त भयो नेपाली जनताहरुको प्रसङ्ग।

 

अब हेरौ नेपाल या नेपालको सरकारलाई। म मान्छु नेपालको सरकार साह्रै नै कमिना छ र यँहाको सरकारले नेपाललाई विकाश गराउनै सकेन तर यसको अर्थ यो त होइन कि नेपाल गरिब छ। यँहाका मन्त्रीहरु imported गाडी बाहेक अरुमा चढ्दै चढ्दैनन् बा ! तर भारतीय मन्त्रीहरु यस्तो गाडीमा चढ्दैनन्, उनिहरु प्राय आफ्नै देशमा बनेको गाडीमा चढ्छन्। नेपालमा भएका सबै रकमहरु भ्रष्टचार गरेर रित्तिने गर्दछ।

 

नेपालमा रुपैयाँ नै नभएकै त होइन नि ! हाम्रो देशको आकार हेर्ने र सरकारको आकार हेर्ने हो भने आकाश पातालको फरक देखिने छ। यति सानो देशमा पनि यति ठुलो मन्त्रि परिषद अनि यँहा खर्च नभएर कहाँ हुन्छ त ? तै पनि अहिले सम्म त धानेकै छ, हाम्रो देशलाई त मान्नै पर्छ।

 

हामी नेपालीहरुले जति महङ्गो वस्तु पनि खरिद गरेकै छौँ क्यारे ! यँहा भारतको जस्तो रासन कार्ड त छैन नि। हाम्रो जीवनको दैनिक उपभोग्य वस्तुहरु भारतको तुलनामा दोब्बर या त्यो भन्दा अझ महँगो छ। तै पनि हामीहरु अहिले सम्म किनेकै छौँ । अनि यति धेरै रुपैयाँ हुने हामी नेपालीहरु कसरी गरिब हुन सक्छौँ ?

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.