१) मैले ३० दिन काम गरे (मेरो आम्दानीको स्रोत)
२) दैनिक खर्च त छदै छ, राज्यको सेवा के के मा गर्छु ?
• मैले तलब लिएँ - कर तिरे
• मोबाईल किने - कर तिरे
• रिचार्ज गरे - कर तिरे
• डेटा लिएँ - कर तिरे
• बिजुलीको बिल भुक्तान गरे - कर तिरे
• पानी प्रयोग गरे - कर तिरे
• फोनको शुल्क बुझाएँ - कर तिरे
• घर बनाएँ - कर तिरे
• TV फ्रिज लिएँ - कर तिरे
• बाईक लिएँ - कर तिरे
• पेट्रोल हाले - कर तिरे
• रोडमा गाडी चलाएँ - कर तिरे
• लाईसेन्स बनाएँ - कर तिरे
• पार्किङ गरे - कर तिरे
• कपडा किने - कर तिरे
• जुत्ता किने - कर तिरे
• गल्ति गरे - कर (जरिवाना) तिरे
• खाद्यान्न किने - कर तिरे
• रेष्टुरेन्टमा खाँए - कर तिरे
• व्यापार ब्यबसाय गरे - कर तिरे
• सयौं अन्य सामान लिएँ - कर तिरे
कही फिस दिएँ, कही बिल र कही ब्याज दिएँ, कही जरिवानाको नाममा त कही कमिशन र उपहारको नाममा पैसा दिनु पर्यो ।
उक्त सबै नौटङ्की पश्चात गल्तिवश केही रकम बच्यो त त्यसमा पनि कर तिरे ।
३) कर त तिरे तर पाउछु के?
पूरा उमेर काम गरेपछि - कुनै सामाजिक सुरक्षा छैन - कुनै पेन्सन छैन - कुनै स्वास्थ्य सुबिधा छैन - बच्चाहरुको लागी शिक्षा सुबिधा छैन - सार्वजनिक सवारी सेवा सुबिधा छैन
४) मैले तिरको करले के हुँदै छ ?
सडक खराव, बिजुलि खराव, हावा खराव, पानी खराव, फलफुल र सागसब्जी खराव, हस्पिटल महङ्गो, हरेक साल महङ्गिको मार, आकष्मिक विपद्हरु, हरेक ठाउँमा लामो लाईन् !
५) मैले कर तिरेको सारा पैसा कहाँ गयो ?
भ्रष्टाचारमा, चुनावमा र जनप्रतिनिधिहरुको तलब र सुबिधामा गयो ? नेताहरुको स्वस्थ उपचार र बैदेशिक भ्रमणमा गयो ? नेताहरुको अलिशान भवन, महँगो गाडीमा गयो ? कार्यकर्ताहरुको भरण पोषणमा वा स्विस बैंकमा गयो ?
आखिर कहिले सम्म यस्तो दुरावस्था भोग्नु पर्ने हो ? पहिल्यै तिरिसकेको करबाट प्राप्त सिमित तलबबाट कहाँ कहाँ कति कति, किन र कहिलेसम्म यसरी लुटिदै जानू पर्ने हो ?
र यो पनि पढ्नुहोस्:
१) के नेपाल गरिब छ ?
२) भुत्रो वीर गोर्खाली, हामी त कातर नेपाली हौ: चित्त बुझे सेयर गर्नुहोस
३) विश्वमै धेरै कार नेपालमा
४) उदासिनताको रोग (डिप्रेसन) को कारण, लक्षण र निवारण यस्ता छन्